Kathmandu Press

पर्सिसम्म देशभर वर्षा हुने, यस्तो छ माैसम पूर्वानुमान

काठमाडाैं, असार २८ : बिहीबारसाँझदेखि देशभर भइरहेको वर्षा सोमबारसम्म रहने भएको छ। 

मनसुन न्यूनचापीय रेखा मध्य र पूर्वी नेपालको तराई भू&n....

पर्सिसम्म देशभर वर्षा हुने, यस्तो छ माैसम पूर्वानुमान

काठमाडाैं, असार २८ : बिहीबारसाँझदेखि देशभर भइरहेको वर्षा सोमबारसम्म रहने भएको छ। 

मनसुन न्यूनचापीय रेखा मध्य र पूर्वी नेपालको तराई भू–भागमा र पश्चिमी नेपालको पहाडी भू–भाग नजिक अवस्थित रहेकाले सोमबारसम्म देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाले शनिबार एक विशेष बुलेटिन जारी गर्दै न्यूनचापीय रेखासँगै न्यूनचापीय क्षेत्र पनि मध्य र पूर्वी नेपाल नजिक रहेकाले आइतबारसम्म मनसुन अति सक्रिय रहने र सोमबार देशभर पूर्ण बदली रही पूर्वी क्षेत्रका एक–दुई स्थानमा तथा पश्चिमी पहाडका केही स्थानमा अति भारी वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै शनिबार देशभर मनसुनी वर्षा जारी रही देशका पूर्व र मध्य क्षेत्रका तराई तथा पहाडी भू–भागमा केही स्थानमा र पश्चिमी भू–भागका तराई क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
    
राति देशका पूर्व र मध्यक्षेत्रका पहाडी भू–भागका केही स्थानमा र पश्चिमी पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ। आइतबार देशभर पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा हुने र खासगरी पूर्व तथा मध्य क्षेत्रका केही स्थानमा र पश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
 
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँमा १८.० मिलीमिटर वर्षा भएको छ। त्यस्तै पोखरामा २१.९, दाङ २३.४, धनगढीमा २६.५, नेपालगञ्जमा २४.५, वीरेन्द्रनगरमा २४.० र जुम्लामा १५.६ मिलीमिटर वर्षा मापन गरिएको छ। 

प्रकाशित मिति: १३:३५ बजे, शनिबार, असार २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्