Kathmandu Press

कुलमानले भने- देशभर स्मार्ट मिटर, स्वदेशी लगानीमै विद्युत आयोजना

विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो प्राथमिकताका रूपमा देशभर स्मार्ट मिटर पुर्‍याउनेलगायत रहने बताएका छन् ।
कुलमानले भने- देशभर स्मार्ट मिटर, स्वदेशी लगानीमै विद्युत आयोजना

काठमाडौं, साउन २७ : विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो प्राथमिकताका रूपमा देशभर स्मार्ट मिटर पुर्‍याउनेलगायत रहने बताएका छन् ।

रत्नपार्कस्थित प्राधिकरण केन्द्रीय कार्यालय पुगेर पदबहाली गरेलगत्तै सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिसिङले वितरण प्रणालीलाई अटोमेसनमा ल्याइने बताए । र, कार्यान्वयनमा आइसकेको स्मार्ट मिटर देशभर पु¥याइने उल्लेख गरे ।

यस्तै, अन्डरग्राउन्ड केबलिङलाई प्रभावकारी रूपमा अगाडि बढाइने जानकारी उनले दिए । सहरी क्षेत्रलाई सुन्दर बनाउन अन्डरग्राउन्ड केबलिङ अत्यावश्यक भएको उनको भनाइ थियो ।

अपर अरुण, तामाकोशी–५ लगायत आयोजनाहरू स्वदेशी लगानीमा अगाडि बढाइने उनले जानकारी दिए ।

पूर्ववर्ती कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गरेका राम्रा कामलाई निरन्तरता दिइने उनले बताए । र, प्राधिकरणमा टिमवर्कमा रहेर काम गर्ने उल्लेख गरे ।

प्रधानमन्त्री शेरबहादुर देउवा र ऊर्जामन्त्री पम्फा भुसालले दिएको जिम्मेवारी उनीहरूको निर्देशनअनुसार नै पूरा गर्ने प्रतिबद्धता घिसिङले व्यक्त गरे ।

प्रकाशित मिति: १५:१३ बजे, बुधबार, साउन २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्