ललिता निवास प्रकरणका नाममा अख्तियार लगाएर मेरो राजनीति सिध्याउन खोजियो : गच्छदार
काठमाडौं, साउन २७ : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले तत्कालीन सरकारले ललिता निवास प्रकरणका नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रयोग गरेर आफ्नो ५०...
काठमाडौं, साउन २७ : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले तत्कालीन सरकारले ललिता निवास प्रकरणका नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रयोग गरेर आफ्नो ५० वर्षे राजनीतिक इतिहास नै सिध्याउन खोजेको आरोप लगाएका छन्।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिलेको संविधान त्रुटिपूर्ण रहेकाले अख्तियारमार्फत आफूमाथि दुस्मनी साँध्ने काम गरिएको दाबी गर्दै उनले संविधानमा रहेको त्रुटिलाई सच्याउनुपर्ने आवश्यकता औंल्याए। संविधान सच्याउने काम कांग्रेसले गर्नुपर्ने उनकाे भनाइ थियाे।
आफू त्यतिबेला भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहेको हुँदा जग्गाको लालपुर्जा बाँड्ने, मोहीको जग्गा छुटाउने दायित्व आफ्नो नभए पनि तत्कालीन सरकारले आफलाई तह लगाउने नाममा ललिता निवास जग्गा प्रकरणमा लगेर फसाएको उनको भनाइ थियो।
‘मलाई थाहा नै नभएको विषयमा अख्तियार लगाइयो । मेरो राजनीतिक जीवन सिध्याउन खोजियो,’ उनले भने, ‘आदिवासी जनजातिको छोरा भएकाले मलाई फसाइयो। संविधानम रहेका ती प्रावधान हटाउनुपर्छ, त्यसको नेतृत्व कांग्रसले गर्नुपर्छ।’
सोही कार्यक्रममा कांग्रेसका सह महामन्त्री डा. प्रकाशशरण महतले नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवामाथि गलत सन्देश दिने गरी प्रचारबाजी गरिरहेको आरोप लगाए। पुरानै प्रतिनिधिले केन्द्रीय समिति चयन गर्नुपर्ने पौडेल पक्षको प्रस्ताव वैधानिक नभएको तर्क पनि उनले गरे।








![ऋषि पञ्चमीमा ऋषेश्वर मन्दिरमा भीड [तस्बिरहरू ]](https://kathmandupress.com/uploads/posts/550X700/photo-20_ae39b253-1789455322.jpg)
![इन्द्रजात्राका लागि काठमाडौं ल्याएइँदै लिङ्गो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1789454688.jpg)

