Kathmandu Press

प्रदेश २ सरकारले बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई तीन लाख रूपैयाँ दिने

जनकपुर, असार २८ : प्रदेश नम्बर २ को सरकारले बाढी पहिरोमा परी ज्यान गुमाएका परिवारलाई तीन–तीन लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ। 

प्रदेश २ सरकारले बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई तीन लाख रूपैयाँ दिने

जनकपुर, असार २८ : प्रदेश नम्बर २ को सरकारले बाढी पहिरोमा परी ज्यान गुमाएका परिवारलाई तीन–तीन लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ। 

शनिबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारलाई तीन–तीन लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए। 

यस्तै, बैठकले बाढीपहिरो पीडितहरुको उद्धार राहतका लागि प्रत्येक जिल्लाका विपद् व्यवस्थापन समितिलाई तत्कालका लागि १०–१० लाख रुपैयाँ उपलब्ध गराउने पनि निर्णय गरेको मन्त्री यादवले बताए। 

योपनि: बाढीपहिरोमा परी देशभर मृत्यु हुनेको संख्या २२ पुग्यो, १० बेपत्ता

बैठकले बाढीपहिरो पीडितहरुको उद्धार र राहतको कामलाई थप क्रियाशिल बनाउन पनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्वयंसेवकहरू आग्रह गरेको छ।प्रदेश २ मा बाढी पहिरोमा परी अहिलेसम्म २ जनाको ज्यान गएको छ।

बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण देशभरकै जनजीवन प्रभावित भएको छ। वर्षासँगै आएको बाढीपहिरोमा परी अहिलेसम्म देशभर २२ जनाले ज्यान गुमाएका छन् भने १० जना बेपत्ता भएका छन्। 
 

प्रकाशित मिति: १३:१९ बजे, शनिबार, असार २८, २०७६