नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले दिए राजीनामा
स्रोतका अनुसार सरकारले हटाउने नै भएपछि बुधबार उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजीनामा बुझाएका हुन्।
काठमाडौं, साउन २७ : नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले राजीनामा दिएका छन्।
सरकारले उनलाई आचरण र अनियमितताको आरोप लगाउँदै स्पष्टीकरण सोधेको थियो। सरकारले पूर्वाग्रह साँधेको भन्दै उनले स्पष्टीकरण नदिने बताएका थिए। उनले आफूले गरेका कामको विवरण पनि सार्वजनिक गरेका थिए।
स्रोतका अनुसार सरकारले हटाउने नै भएपछि बुधबार उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजीनामा बुझाएका हुन्।
केपी ओली नेतृत्वको सरकारबाट २०७७ जेठ २८ गते नियुक्त उनी असार ४ गतेदेखि महाप्रबन्धक रहँदै आएका थिए।
उनले नेपाल रेलवेको महाप्रबन्धक पदमा नियुक्त भएदेखि नै इमानदारीपूर्वक काम गरी मृतप्रायः अवस्थामा रहेको रेलवे कम्पनीलाई पुुनर्जीवन दिएको दाबी गरेका छन्।
हेर्नुहोस् राजीनामा पत्र


प्रकाशित मिति: १४:०९ बजे, बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![ऋषि पञ्चमीमा ऋषेश्वर मन्दिरमा भीड [तस्बिरहरू ]](https://kathmandupress.com/uploads/posts/550X700/photo-20_ae39b253-1789455322.jpg)
![इन्द्रजात्राका लागि काठमाडौं ल्याएइँदै लिङ्गो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1789454688.jpg)

