विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले गरे पदबहाली
काठमाडौं, साउन २७ : नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार पदबहाली गरेका छन्।घिसिङले प्राधिकरणको केन्द्रीय कार्यालय दरबारमार्गमा पुगेर पदबहाली गरेका हुन्।...
काठमाडौं, साउन २७ : नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार पदबहाली गरेका छन्।
घिसिङले प्राधिकरणको केन्द्रीय कार्यालय दरबारमार्गमा पुगेर पदबहाली गरेका हुन्। पदबहाली अघि घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आएर चार वर्षे नियुक्तिपत्र लिएका थिए।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पूर्वकार्यकारी निर्देशक घिसिङलाई पुनः नियुक्ति गरेको हो।
अघिल्लो ४ बर्षे कार्यकालमा प्राधिकरणलाई नाफामा लगेका घिसिङले देशलाई लोडसेडिङमुक्त गरेपछि चर्चामा आएका थिए।
उनको ४वर्षे कार्यकाल सकिएपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई पुननियुक्ति गरेको थिएन।
उनको ठाउँमा सुरूमा प्राधिकरणकै शाक्यलाई कायममुकायम कार्यकारी निर्देशक बनाइएको थियो भने पछि उनैलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो।
कुलमानलाई विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक बनाउन माग गर्दै त्यतिबेला सडक प्रदर्शनसमेत भएका थिए।








![ऋषि पञ्चमीमा ऋषेश्वर मन्दिरमा भीड [तस्बिरहरू ]](https://kathmandupress.com/uploads/posts/550X700/photo-20_ae39b253-1789455322.jpg)
![इन्द्रजात्राका लागि काठमाडौं ल्याएइँदै लिङ्गो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1789454688.jpg)

