Kathmandu Press

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या अझै घटेन, एकै दिन १२११ को मृत्यु

साओ पाओलो, साउन २७ : ब्राजिलमा कोभिड-१९ बाट हुने मृत्यु अझै घट्न नसकेको यहाँका अधिकारीले जनाएका छन्।यहाँका अधिकारीकाअनुसार पछिल्ला केही दिनमा कोभिडबाट हुने मृत्यु...
ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या अझै घटेन, एकै दिन १२११ को मृत्यु

साओ पाओलो, साउन २७ : ब्राजिलमा कोभिड-१९ बाट हुने मृत्यु अझै घट्न नसकेको यहाँका अधिकारीले जनाएका छन्।

यहाँका अधिकारीकाअनुसार पछिल्ला केही दिनमा कोभिडबाट हुने मृत्यु बढ्दै गएको छ। यहाँको स्वास्थ्य मन्त्रालयले गएको २४ घन्टाभित्र यहाँ कोभिडबाट हजारभन्दा बढीको ज्यान गएको छ ।

कोभिड-१९बाट धेरै प्रभावित देशको सूचीमा रहेको ब्राजिलमा २४ घण्टामा कोरोना भाइरसबाट कम्तीमा पनि १ हजार २ सय ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अधिकारीले दिएको जानकारीअनुसार यो समेतगरी यहाँ यस सङ्क्रमणबाट ज्यान गुमाउने नागरिकको संख्या ५ लाख ६४ हजार ७ सय ७३ पुगेको छ। यहाँका अधिकारीले मंगलबार यसअघिका दिनको तुलनामा धेरै नागरिकको कोभिड-१९ सङ्क्रमणबाट निधन भएको बताएका छन्।

त्यसैगरी ब्राजिलमा कोभिडबाट सङ्क्रमित हुनेको संख्या पनि गएको २४ घण्टामा करिब ३५ हजार रहेको छ। यो समेत गरी ब्राजिलमा कोभिडबाट सङ्क्रमित हुने नागरिकको संख्या २ करोडभन्दा बढी रहेको पनि ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

ब्राजिलमा केही महिनाअघि कोभिड-१९का सङ्क्रमित घटेको भएपनि पछिल्ला केही महिनामा भने यो संख्या बढ्दै गएको देखिएको छ।

सरकारले कोरोना भाइरसविरुद्धको खोपलाई प्राथमिकतामा राखेर नागरिकलाई खोप दिने गरेको छ। ब्राजिल सरकारले खोप दिने कामलाई देशव्यापी अभियानको रुपमा सञ्चालन गरेको छ।

ब्राजिलको साओ पाओलो सहर सबैभन्दा बढी सङ्क्रमणमा परेको सहर हो। ब्राजिलमा हरेक एक लाख जना सङ्क्रमितमा करिब २ सय ६० जनाको निधन भएको तथ्याङ्कले देखाएको बताइएको छ।

प्रकाशित मिति: १३:३९ बजे, बुधबार, साउन २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्