Kathmandu Press

बेलायतमा कोरोनाबाट पाँच महिनापछि सबैभन्दा धेरै मृत्यु

लन्डन, साउन २७ : कोरोना महामारीमा थप शक्तिशाली रुपमा देखापरेको ‘इन्डियन कोभिड भेरिएन्ट’को सङ्क्रमण बेलायतमा पछिल्ला केही सातायता तीव्र रुपमा बढ्न थालेको छ...
बेलायतमा कोरोनाबाट पाँच महिनापछि सबैभन्दा धेरै मृत्यु

लन्डन, साउन २७ : कोरोना महामारीमा थप शक्तिशाली रुपमा देखापरेको ‘इन्डियन कोभिड भेरिएन्ट’को सङ्क्रमण बेलायतमा पछिल्ला केही सातायता तीव्र रुपमा बढ्न थालेको छ ।

यहाँका अधिकारीले दिएको जानकारीअनुसार बेलायतमा पाँच महिनापछि सबैभन्दा धेरै नागरिकको कोभिडका कारण निधन भएका छन्।

यहाँ गएको २४ घन्टामा १ सय ४६ जनाको यो सङ्क्रमणबाट निधन भएको छ। यो संख्या गएको मार्चको १२ तारिखपछिकै सबैभन्दा धेरै हो ।

उता अधिकारीले गत हप्ताको तुलनामा यसको सङ्क्रमण दुई गुणाले बढेको तथ्याङ्कले देखाएको बताएका छन्। बेलायती स्वास्थ्य मन्त्रालयले मंगलबार मात्र यहाँ २४ घन्टामा १ सय ४६ जनाको कोरोनाका कारण ज्यान गएको बताएको छ।

योसमेत गरी यहाँ अहिलेसम्म कोरोना भाइरसबाट १ लाख ३० हजारभन्दा बढीको ज्यान गएको छ। यहाँ पछिल्लो समयमा मृत्युको संख्या बढ्न थालेको बताइएको छ।

कोरोनाविरुद्धको खोपका कारण इन्डियन भेरिएन्टबाट सुरक्षित हुन सतर्कता अपनाउन यहाँको सरकारले भनिरहेको छ। यहाँ सङ्क्रमणको दर पनि बढ्दै गएको देखिएको छ।

स्वास्थ्य अधिकारीले गएको २४ घन्टामा यहाँ २३ हजारभन्दा बढीमा कोरोनाको सङ्क्रमण देखिएको छ।

यो समेतगरी अहिलेसम्म यहाँ यो सङ्क्रमणबाट ६१ लाखभन्दा बढी सङ्क्रमित भएका छन्। बेलायत सरकारले कोरोना विरुद्धको खोप कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ।

प्रकाशित मिति: १३:३२ बजे, बुधबार, साउन २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्