Kathmandu Press

पुल र सडक भत्किँदा पूर्वपश्चिम हुलाकी सडकखण्ड अवरुद्ध

सप्तरी, असार २८ : अविरल वर्षासँगै आएको बाढीले सप्तरीको बोदे बसाइन नगरपालिका–५ स्थित खडकखोलामा नवनिर्मित पुल बगाएपछि पूर्वपश्चिम हुलाकी सडकख....

पुल र सडक भत्किँदा पूर्वपश्चिम हुलाकी सडकखण्ड अवरुद्ध

सप्तरी, असार २८ : अविरल वर्षासँगै आएको बाढीले सप्तरीको बोदे बसाइन नगरपालिका–५ स्थित खडकखोलामा नवनिर्मित पुल बगाएपछि पूर्वपश्चिम हुलाकी सडकखण्डअन्तर्गत पूर्णरुपले अबरुद्ध भएको छ। 

खोलामा आएको बाढीले पुलको पिलर नै भाँसिएपछि पुल बगेको स्थानीयवासीले बताएका छन्। बाढीले बगाएपछि पूर्वपश्चिम हुलाकी राजमार्ग पूर्णरुपले अबरुद्ध भएको इलाका प्रहरी कार्यालय बोदे बसाइनका प्रहरी नायब निरीक्षक आमिरी यादवले जानकारी दिए। 
 
शुक्रबार राति बाढीले पुल बगाएपछि पूर्वपश्चिम हुलाकी राजमार्ग आवागमण पूर्णरूपले ठप्प भएको छ भने यात्रुहरु अलपत्रमा परेका छन्। यस्तै खडक नदीको बाढीले बोदे बसाइन नगरपालिकाको वडा नम्बर ५ जाँजर, वडा नं ७ हैठिस्थित थारु टोल, मुसहर बस्ती डुबानमा परेको छ भने बोका नदीको बाढी गाउँमा पसेपछि बोदे बसाइनका धनगढी, सारस्वर, कुशमहार, काचन, देउरी, खडकपुरलगायतका गाउँ डुबानमा परेको बोदे नगर प्रमुख आतेशसिंह यादवले जानकारी दिए। 

यस्तै हुलाकी सडकअन्तर्गत बोदे बसाइन बजार नजिकै सडक भत्किदाँ बजार सम्पर्कविहीन बनेको छ भने विद्युत् सेवासमेत अबरुद्ध भएको छ। 

प्रकाशित मिति: १२:२२ बजे, शनिबार, असार २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्