लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै परेको रिट न्यायाधीश भट्टराईको इजलासमा
लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै परेको रिट बुधबार सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा परेको छ ।
काठमाडौं, साउन २७ : लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै परेको रिट बुधबार सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ हुँदैछ ।
प्रदेशसभा सदस्य लीला गिरीले गत सोमबार रिट दायर गरेका थिए । मंगलबार उक्त रिट हेर्न नभ्याइनेमा राखिएको थियो ।
संविधानको धारा १६८ (१) बमोजिम बहुमतप्राप्त दलको नेताका रूपमा शंकर पोखरेल १९ वैशाखमा मुख्यमन्त्री नियुक्त भएको र दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाइने जिकिर रिटमा गरिएको छ ।
विपक्षी गठबन्धनका ३४ सांसदले अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेश प्रमुख अमिक शेरचनलाई समावेदन गरेका थिए । सोहीअनुसार बुधबार १ बजे प्रदेशसभाको विशेष अधिवेशन हुँदैछ ।
प्रकाशित मिति: ११:१६ बजे, बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![ऋषि पञ्चमीमा ऋषेश्वर मन्दिरमा भीड [तस्बिरहरू ]](https://kathmandupress.com/uploads/posts/550X700/photo-20_ae39b253-1789455322.jpg)
![इन्द्रजात्राका लागि काठमाडौं ल्याएइँदै लिङ्गो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1789454688.jpg)

