विद्युत प्राधिकरणमा कुलमान घिसिङको ‘कमब्याक’
सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्रधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ।
काठमाडौं, साउन २७ : सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्रधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगको विज्ञ नियुक्त गरेको छ ।
भदौ ०७७ सम्म घिसिङ प्राधिकरणको प्रबन्ध निर्देशक थिए । केपी ओली नेतृत्वको सरकारले उनलाई अर्को कार्यकाल नथपेपछि घिसिङ प्राधिकरणबाट विदा भएका थिए ।
थप कार्यकालका लागि घिसिङलाई बुधबार नियुक्ति दिने तयारी रहेको स्रोतको भनाइ छ । सम्भवतः बुधबार नै उनले पदबहाली गर्नेछन् ।
प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले आफूलाई सम्मानजनक विकल्प दिनुपर्ने माग गर्दै आएका थिए । सोहीअनुसार आयोगमा सरुवा गरिएको हो ।
प्रकाशित मिति: १०:२५ बजे, बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1789461333.png)




-1789461333.png)


