लुम्बिनी सरकारका दुई मन्त्रीले राजीनामा दिने
बुटवल, साउन २७ : मुख्यमन्त्री शंकर पोखरेलको सरकारमा सहभागी दुई मन्त्रीले राजीनामा दिन लागेका छन्।प्रदेश सरकारमा सहभागी जनता समाजवादी पार्टीका भूमि व्यवस्था, कृषि...
बुटवल, साउन २७ : मुख्यमन्त्री शंकर पोखरेलको सरकारमा सहभागी दुई मन्त्रीले राजीनामा दिन लागेका छन्।
प्रदेश सरकारमा सहभागी जनता समाजवादी पार्टीका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयबहादुर यादव र उद्योग, वन तथा वातावरणमन्त्री कल्पना पाण्डे लम्सालले राजीनामा दिन लागेका हुन्। राजनीनामा पत्र तयार भएको र केहीबेरमै राजीनामा दिन लागेको मन्त्री यादवले बताए।
सरकारमा सहभागी जसपाका तीनै जना मन्त्रीले मंगलबार नै राजीनामा दिने निर्णय गरेको उनले बताए। जसमध्ये सन्तोषकुमार पाण्डेयले मंगलबार साँझ राजीनामा दिएका थिए। आज आफू दुई जनाले पनि राजीनामा दिन लागेको उनको भनाइ छ।
उनीहरुलाई मुख्यमन्त्री पोखरेलले वैशाख ६ गते मन्त्री नियुक्त गरेका थिए। जसपाले तीन जनालाई सांसदबाट हटाएपछि वैशाख १९ गते फेरि मन्त्री बनेका थिए।
सर्वोच्च अदालतको अन्तरिम आदेशमार्फत थमौति भएका तीनै जनालाई जसपाले फेरि सांसदबाट हटाएको छ। तीनै जना सर्वोच्च अदालत पुगेका छन्।
आज मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्तावमा छलफल गर्न प्रदेश सभाको विशेष अधिवेशन बोलाइएको छ। प्रदेश सभा बैठक बस्नु अघि नै उनीहरुले राजीनामा दिन लागेका हुन्।
अहिले ८० सदस्य रहेको प्रदेश सभामा पोखरेलको पक्षमा ३८ सांसद छन्। बहुमतका लागि ४१ सांसद आवश्यक पर्छ। विपक्षमा भने सभामुख सहित ४२ सांसद छन्।



-1789461333.png)




-1789461333.png)


