Kathmandu Press

भजनकीर्तन गर्दा माइकबाट करेन्ट प्रवाह भएर दुई जनाको मृत्यु

धनुषा, साउन २७ : धनुषामा भजनकीर्तन भइरहेका बेला माइकमा प्रवाह भएको करेन्ट लागेर दुई कीर्तनमण्डलीको ज्यान गएको छ।क्षीरेश्वरनाथ नगरपालिका–३ पर्साटोलका बुलन यादवको घरमा...
भजनकीर्तन गर्दा माइकबाट करेन्ट प्रवाह भएर दुई जनाको मृत्यु

धनुषा, साउन २७ : धनुषामा भजनकीर्तन भइरहेका बेला माइकमा प्रवाह भएको करेन्ट लागेर दुई कीर्तनमण्डलीको ज्यान गएको छ।

क्षीरेश्वरनाथ नगरपालिका–३ पर्साटोलका बुलन यादवको घरमा मङ्गलबार भइरहेको भजनकीर्तनमा माइकमा करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय, महेन्द्रनगरले जनाएको छ।

मृत्यु हुनेमा लक्ष्मीनिया गाउँपालिका–३ बस्ने ५५ वर्षीय विन्दा दास र ५० वर्षीय मनिराम यादव रहेका छन्।

दुवै जनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।

प्रकाशित मिति: ०८:१३ बजे, बुधबार, साउन २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्