Kathmandu Press

एमाले लुम्बिनी प्रदेशको संसदीय दलको बैठक बस्दै

बुटवल, साउन २७ : मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्ताव दर्तापछि उत्पन्न संकटका विषयमा छलफल गर्न नेकपा (एमाले) लुम्बिनी प्रदेश सभा संसदीय दलको बैठक...
एमाले लुम्बिनी प्रदेशको संसदीय दलको बैठक बस्दै

बुटवल, साउन २७ : मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्ताव दर्तापछि उत्पन्न संकटका विषयमा छलफल गर्न नेकपा (एमाले) लुम्बिनी प्रदेश सभा संसदीय दलको बैठक बस्न लागेको छ।

अविश्वास प्रस्तावका विषयमा छलफल गर्न संसदीय दलको बैडक बस्न लागेको आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले बताए। अहिले केहीबेरमा बैठक बस्ने उनले जानकारी दिए।

आज दिउसो १ बजे प्रदेश सभाको बैठक बस्न लागेको छ। त्यसअघि एमालेले संसदीय दलको बैठक बोलाएको हो।

प्रदेश सभामा एमालेका ३८ सांसद छन्। बहुमतका लागि ४१ सांसद चाहिन्छन्। विपक्षी गठबन्धनसँग भने सभामुख सहित ४२ सांसद छन्।

 

प्रकाशित मिति: ०७:४४ बजे, बुधबार, साउन २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्