लुम्बिनीका भौतिक पूर्वाधारमन्त्री पाण्डेले दिए राजीनामा
बुटवल, साउन २७ : लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सन्तोषकुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन्।मन्त्री पाण्डेले मंगलबार मुख्यमन्त्री शंकर पोखरेललाई राजीनामा बुझाएका हुन्।...
बुटवल, साउन २७ : लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सन्तोषकुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन्।
मन्त्री पाण्डेले मंगलबार मुख्यमन्त्री शंकर पोखरेललाई राजीनामा बुझाएका हुन्। उनले सिद्धान्तको आधारमा राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताका आधारमा सरकारबाट फिर्ता हुनु नै उपयुक्त ठानेर राजीनामा दिएको जनाएका छन्।
उनी पहिलो पटक वैशाख ६ गते मन्त्री नियुक्त भएका थिए। जसपाले सांसदबाट हटाएपछि फेरि वैशाख १९ गते मन्त्रीमा नियुक्त भएका थिए।
उनीसँगै जसपाका विजय यादव र कल्पना पाण्डेय मन्त्री बनेका थिए। तीनै जनालाई जसपाले मन्त्रीबाट राजीनामा दिन निर्देशन दिएको थियो।
पार्टीको निर्देशनअनुसार, मन्त्रीबाट राजीनामा दिएको उनको भनाइ छ। उनीसहित तीनै जना सांसदलाई जसपाले कारबाही गरेको छ। त्यसका विरुद्ध उनीहरुले सर्वोच्च अदालतमा दिएको मुद्दा विचाराधिन छ।



-1789461333.png)




-1789461333.png)


