Kathmandu Press

फ्रेन्च क्लब पिएसजीसँग मेसीले गरे २ वर्षको सम्झौता 

काठमाडौं, साउन २६ : अर्जेन्टिनी स्टार लियोनल मेसी फ्रेन्च क्लब पिएसजीमा अनुबन्धित भएका छन् । गत बिहीबार बासिलोना छाडेका मेसी मंगलबार पिएसजी २...
फ्रेन्च क्लब पिएसजीसँग मेसीले गरे २ वर्षको सम्झौता 

काठमाडौं, साउन २६ : अर्जेन्टिनी स्टार लियोनल मेसी फ्रेन्च क्लब पिएसजीमा अनुबन्धित भएका छन् । गत बिहीबार बासिलोना छाडेका मेसी मंगलबार पिएसजी २ वर्षका लागि सम्झौता गरेका छन्।

मेसीले पिएसजीसँग ३५ मिलियन युरो पाउने गरी २ वर्षका लागि सम्झौता गरेका हुन्। मेसीलाई थप एक वर्ष सम्झौता नवीकरण गर्न सक्ने सुविधा पनि पिएसजीले दिएको छ। पिएसजीले २५ मिलियन युरो सम्झौता रकम पनि तिरेको छ।

मेसीले पिएसजीमा ३० नम्बरको जर्सी लगाउने छन्। मेसीले बार्सिलोनामा डेब्यू गर्दा ३० नम्बरकै जर्सी लगाएका थिए, त्यसैको सम्मान लागि उनले पिएसजीमा ३० नम्बरको जर्सी रोजेका हुन्।

मेसी पिएसजी आउने भएपछि उनका पूर्वसहमकर्मी नेमारले उनलाई स्वागत गरेका छन् । नेमारले इन्स्टाग्राममा मेसीको फोटो राख्दै ‘ब्याक टुगेदर’ लेखेका छन्। मेसी र नेमारले बार्सिालेनामा ४ सिजन सँगै खेलेका थिए । मेसी पिएसजी आउने चर्चा चलेपछि नेमारले आफूले लगाउँदै आएको १० नम्बरको जर्सी मेसीलाई दिन क्लबसँक्ष आग्रह पनि गरेका थिए।

मेसीले २१ वर्षपछि गत बिहीबार मात्र बार्सिलोना छागेका थिए । मेसी र बार्सिलोना दुवै सम्झौता नवीकरणका लागि सहमत थिए । तर, मेसीको सम्झौता नवीकरणमा ला लिगाको वित्तिय नियम बाधक बनेको थियो।

प्रकाशित मिति: २०:५७ बजे, मंगलबार, साउन २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्