Kathmandu Press

मकवानपुरमा बाढीले बगाउँदा दुई जनाको मृत्यु

हेटौँडा, असार २८ : मकवानपुरमा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ।

कैलाश गाउँपालिका–१० नामटारस्थित दुर खोलाले बगाउँदा सोही ठाउ....

मकवानपुरमा बाढीले बगाउँदा दुई जनाको मृत्यु

हेटौँडा, असार २८ : मकवानपुरमा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ।

कैलाश गाउँपालिका–१० नामटारस्थित दुर खोलाले बगाउँदा सोही ठाउँका ५५ वर्षीय को सानुकान्छा सुनारको मृत्यु भएको हो। उनको शव स्थानीय प्रहरीले शनिबार बिहान फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

यस्तै, मकवानपुरमा बाढीले बगाउँदा एक छात्राको मृत्यु भएको र उनको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुले जनाएको छ ।

त्रिभुवन राजपथ अवरुद्ध

अविरल वर्षातले गर्दा त्रिभुवन राजपथको महभिरमा पहिरो र रुख ढल्नाले हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा शनिबार बिहानैदेखि अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए। 

अविरल परेको वर्षात्ले भैँसेदेखि निबुवाटारबीचको स्थानमा पहिरो जाँदा हेटौँडा–भीमफेदीतर्फ यातायात सेवा पनि अवरुद्ध भएको छ। यसैगरी हेटौँडा कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सिस्नेरी र फाखेल तर्फको सडकखण्डमा शुक्रबारदेखि यातायात सेवा अवरुद्ध भएको छ।

 हेटौँडा–कुलेखानी–फाखेलतर्फको पहिरो हटाई यातायात सेवालाई सञ्चालन गर्न प्राविधिक र डोजर त्यसतर्फ पठाइसकेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए। 

प्रकाशित मिति: ११:५८ बजे, शनिबार, असार २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्