Kathmandu Press

‘अक्सिजन सिलिण्डरका लागि मेरो एक हजार अभियान’अन्तर्गत रु १२ लाख ६१ हजार संकलन

‘अक्सिजन सिलिण्डरका लागि मेरो एक हजार अभियान’अन्तर्गत रु १२ लाख ६१ हजार संकलन

कर्णाली, साउन २६ : अक्सिजन सिलिण्डरका लागि मेरो एक हजार अभियान’अन्तर्गत १२ लाख रुपैयाँ संकलन भएको छ। 

कोरोना भाइरस सङ्क्रमण दोस्रो लहरको संकट बढ्दै जाँदा शुरु भएको यस अभियानअन्तर्गत १२ लाख ६१ हजार २३५ रुपैयाँ संकलन भएको कोभिड–१९ सेल्फहेल्प समूह सुर्खेतले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ। देशैभरी तीव्र गतिमा फैलिएको कोरोना सङ्क्रमणले तत्कालीन समयमा प्रदेशका सबैजसो अस्पतालमा अक्सिजनको चरम अभाव भएपछि नेपाल पत्रकार महासंघ सुर्खेतका उपाध्यक्ष सुदीप पुरीको संयोजकत्वमा पाँच युवा सम्मिलित समूहले सो अभियान थालेको थियो।

Hardik ivf

अभियानअन्तर्गत पुरीको खातामा तीन लाख ९४ हजार ४९५ रुपैयाँ, मिलन श्रेष्ठको खातामा पाँच लाख ४६ हजार ९५१ रुपैयाँ, धर्मराज आचार्यको खातामा ७७ हजार ८२२ रुपैयाँ र उक्त टोलीले शुरुआत गरेको सनराईज बैंकको खातामा दुई लाख ४२ हजार १६७ रुपैयाँ जम्मा भएको संयोजक पुरीले जानकारी दिए।

संकलित रकममध्ये कर्णाली प्रदेश अस्पतालमा आठ दिनसम्म दैनिक १०० रुपैयाँका दरले १५० बिरामी, त्यसका कुरुवा र स्वास्थ्यकर्मीलाई एक लाख २० हजार रुपैयाँको पोषिलो खाजा वितरण गरिएको, अक्सिजन सिलिण्डर रिफिल खर्च ७६ हजार ८४२ रुपैयाँ, सिलिण्डर खरिद एक थान २५ हजार रुपैयाँ, अक्सीमिटर तथा स्यानिटाइजर खरिद ४५ हजार ६०० रुपैयाँ, छवटा शव व्यवस्थापन सहयोग खर्च ३० हजार रुपैयाँ र एम्बुलेन्स सञ्चालन खर्च ५५ हजार ७०० रुपैयाँ भएको संयोजक पुरीले बताए। 

कूल संकलित रकममध्ये तीन लाख ५५ हजार ३४२ रुपैयाँ खर्च भएको तथा आठ लाख ८४ हजार ४१८ रुपैयाँ समूहको खातामा जम्मा भएकाले त्यसबाट एम्बुलेन्स किन्ने तयारी गरिएको जनाइएको छ। 

प्रकाशित मिति: १८:२२ बजे, मंगलबार, साउन २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्