Kathmandu Press

उपत्यकामा थपिए  ११९६ कोरोना संक्रमित

काठमाडौं, साउन २६ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७९५, ललितपुरमा...
उपत्यकामा थपिए  ११९६ कोरोना संक्रमित

काठमाडौं, साउन २६ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७९५, ललितपुरमा २४९ र भक्तपुरमा १५२ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल काठमाडौं उपत्यकामा १०९१० सक्रिय संक्रमित रहेका छन्। जसमा काठमाडौं जिल्लामा सबैभन्दा धेरै ७६७७, ललितपुरमा १८८३ र भक्तपुरमा १३५० सक्रिय संक्रमित छन्। 


 

प्रकाशित मिति: १७:२७ बजे, मंगलबार, साउन २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्