Kathmandu Press

नागरिकता विधेयक सम्बन्धमा गैरआवासीय नेपालीको प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं, साउन २६ : प्रधानमन्त्री शेरबहादुर देउवासँग गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्त नेतृत्वको प्रतिनिधिमण्डलले आज भेट गरेको छ।भेटमा अध्यक्ष पन्तले सङ्घले नेपाल सरकारसँग...
नागरिकता विधेयक सम्बन्धमा गैरआवासीय नेपालीको प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं, साउन २६ : प्रधानमन्त्री शेरबहादुर देउवासँग गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्त नेतृत्वको प्रतिनिधिमण्डलले आज भेट गरेको छ।

भेटमा अध्यक्ष पन्तले सङ्घले नेपाल सरकारसँग गरेको सहकार्यबारे स्मरण गराउँदै लामो समयदेखि संसद्मा विचाराधीन गैरआवासीय नेपाली नागरिकताको विधेयकका सम्बन्धमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवासँग कोभिड– १९ का कारण उत्पन्न विषम परिस्थितिमा विदेशमा रहेका नेपाली श्रमिकको उद्धार, नेपाल ल्याइएका श्रमिकको पुनःस्थापनालगायतका विषयमा नेपाल सरकारले यथाशक्य छिटो राहतमुखी कार्यक्रम ल्याउन आग्रह गरेका थिए। 

सो अवसरमा सङ्घका पूर्वअध्यक्ष जीवा लामिछानेले बेलायतमा रहेका ब्रिटिस गोर्खाको सत्याग्रहका विषयमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउँदै उनीहरुको समस्या समाधानका लागि बेलायत सरकारसँग कूटनीतिक पहल गर्न आग्रह गरेका थिए। प्रधानमन्त्री देउवाले संविधानमा व्यवस्था भएबमोजिम गैरआवासीय नेपाली नागरिकतालगायतका विषयमा छिट्टै टुङ्गो लगाउने प्रतिबद्धता व्यक्त गरेको सङ्घले जनाएको छ। 

भेटमा सङ्घका उपाध्यक्षद्वय सोनाम लामा, रविना थापा, सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटा, कार्यकारी प्रमुख राजेश राणालगायत थिए। 
 

प्रकाशित मिति: १७:०१ बजे, मंगलबार, साउन २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्