संसदमा ओलीको अभिव्यक्तिमा बाबुरामको टिप्पणी- सबको औषधि दैवले रचिदियो बिर्सेछ कि मुर्खको
प्रतिनिधिसभामा मंगलबार एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले दिएको अभिव्यक्तिलाई जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मुख्र्याइँ संज्ञा दिएका छन्।
काठमाडौं, साउन २६ : प्रतिनिधिसभामा मंगलबार एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले दिएको अभिव्यक्तिलाई जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मुख्र्याइँ संज्ञा दिएका छन् ।
पूर्वप्रधानमन्त्री ओलीको मन्तव्यलगत्तै सामाजिक सञ्जालमा टिप्पणी गर्दै डा. भट्टराईले लेखेका छन्, ‘सबको औषधी दैवले रचिदियो बिर्सेछ कि मूर्खको !’
‘भर्खरै आफ्नै कुकर्मले सत्ताच्यूत भएका ओलीको संसदमा कुरा सुन्दा र हाउभाउ हेर्दा स्कुलमा पढेको कवितांशको याद आयो ! पटक-पटक संविधानको उल्लंघन, संसदको हत्या, अध्यादेशको राज, भ्रष्टाचारको पहाडबारे न कुनै क्षमायाचना ! उल्टै जो चोर उसको ठूलो स्वर !’
प्रकाशित मिति: १६:५८ बजे, मंगलबार, साउन २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1789461333.png)




-1789461333.png)


