Kathmandu Press

प्रभु लाइफ इन्सोरेन्स र मेडी प्लस अस्पतालबीच स्वास्थ्य सम्झौता

काठमाडौ, साउन २६ : प्रभु लाइफ इन्स्योरेन्स कम्पनी र पोखरामा रहेको मेडी प्लस अस्पताल एण्ड ट्रमा सेन्टरबीच सरल सुलभ उपचारका लागि सम्झौता भएको छ।...
प्रभु लाइफ इन्सोरेन्स र मेडी प्लस अस्पतालबीच स्वास्थ्य सम्झौता

काठमाडौ, साउन २६ : प्रभु लाइफ इन्स्योरेन्स कम्पनी र पोखरामा रहेको मेडी प्लस अस्पताल एण्ड ट्रमा सेन्टरबीच सरल सुलभ उपचारका लागि सम्झौता भएको छ। प्रभु लाइफ इन्स्योरेन्सका ग्राहक तथा कर्मचारीको सरल सुलभ उपचारका लागि पोखरामा रहेको मेडी प्लस अस्पताल एण्ड ट्रमा सेन्टरबीच सम्झौता भएको हो।

अस्पतालका तर्फबाट डा. निरज रजित, सिए विक्रम पराजुली, डा।सरोज पोखरेल, डा. आन्नद भट्टराई, डा. रमेशकुमार थापा, मेनेजर दिवस कुँवर र प्रभू लाइफ इन्सोरेन्सका गण्डकी प्रदेश प्रमुख दुर्गानाथ पहाडी तथा दमौली शाखा प्रमुख प्रेम नारायण अर्यालबीच सम्भौता भएको हो। सम्झौता अनुसार उपचार खर्च, औषधि र डाक्टरसँगको परामर्शमा अस्पतालले केही प्रतिशत सहुलियत प्रदान गर्ने भएको छ। 

यससँगै प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका जीवन वीमाका ग्राहकहरु र कर्मचारीलाई जीवन वीमाका लागि ग्राहकहरुको पूर्व स्वास्थ्य परिक्षण अब मेडी प्लस अस्पतालले गर्ने भएको छ भने त्यसको सम्पुर्ण व्यवस्थापन प्रभु लाईफ इन्स्योरेन्सले गर्ने शाखा प्रमुख अर्यालले जानकारी दिए।

प्रकाशित मिति: १६:०९ बजे, मंगलबार, साउन २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्