Kathmandu Press

उपत्यकामा भदौ ८ सम्म निषेधाज्ञा थपियो, बिहीबारबाट राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारदेखि लागू हुने गरी नयाँ निषेधाज्ञा थपेको हो। 
उपत्यकामा भदौ ८ सम्म निषेधाज्ञा थपियो, बिहीबारबाट राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने

काठमाडौँ, साउन २६ : कोरोना भाइरस संक्रमण बढेपछि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ ८ गतेसम्मका लागि थपिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारदेखि लागू हुने गरी नयाँ निषेधाज्ञा थपेको हो। 

यस्तै, काठमाडौं उपत्यकामा साँझ ८ बजेबाट निजी र सार्वजनिक सवारी संचालमा रोक लगाइएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले सो निर्णय गरेका हुन्। 

कोरोना संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको उनीहरुले बताएका छन् । 

प्रकाशित मिति: १५:१८ बजे, मंगलबार, साउन २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्