Kathmandu Press

अमेरिका गैरजिम्मेवार रुपमा बाहिरिँदा अफगानिस्तानमा समस्या भयो : पाकिस्तानी विदेशमन्त्री

इस्लामावाद, साउन २६ : पाकिस्तानका विदेशमन्त्रीले अफगानिस्तानबाट अमेरिका गैरजिम्मेवार रुपमा निस्किएको  बताएका छन्।पाकिस्तानका विदेशमन्त्री साह मोहमद कुरेसीले अफगानिस्तानबाट अमेरिकाले आफ्ना सेना गैरजिम्मेवाररुपमा बाहिर निकालेकाले...
अमेरिका गैरजिम्मेवार रुपमा बाहिरिँदा अफगानिस्तानमा समस्या भयो : पाकिस्तानी विदेशमन्त्री

इस्लामावाद, साउन २६ : पाकिस्तानका विदेशमन्त्रीले अफगानिस्तानबाट अमेरिका गैरजिम्मेवार रुपमा निस्किएको  बताएका छन्।

पाकिस्तानका विदेशमन्त्री साह मोहमद कुरेसीले अफगानिस्तानबाट अमेरिकाले आफ्ना सेना गैरजिम्मेवाररुपमा बाहिर निकालेकाले यो अवस्था आएको बताए।

Hardik ivf

अमेरिका र नेटो सेना अफगानिस्तानबाट निस्किएपछि त्यहाँको अवस्था अराजक बन्दै गएको उनले बताएका छन्।

विदेशमन्त्री कुरेसीले भनेका छन् – अमेरिकाले आफ्नो र नेटो सेनालाई बिना कुनै तयारी गैरजिम्मेवारीरुपमा निकालेकाले त्यहाँ तालिबान विद्रोहीहरुले अराजकता मच्चाउन थालेका छन् । 

उनले सोमबार पाकिस्तानको इस्लामावादमा आयोजना गरिएको पत्रकार सम्मेलनमा भनेका छन्, अमेरिकाले आफ्नो र नेटो सेनालाई जिम्मेवार र व्यवस्थितरुपमा फिर्ता गरेको भए अहिलेको यो अराजक अवस्था आउने थिएन, तर अमेरिकाले यसतर्फ ध्यानै दिएन।

हाल अफगानिस्तानबाट अमेरिकी र नेटो सैनिक फिर्ता भइरहेका समयमा देशैभरि हिंसा भएको र यसका कारण अराजकताको अवस्था आएको उनले बताएका छन्।

अमेरिकाले व्यवस्थितरुपमा यहाँबाट सेना फिर्ता गर्ने योजना बनाउनुपर्नेमा त्यसो नगरेको र जसका कारणले अहिले तालिबानले देशमा हिंसा गरिरहेको उनले बताए।

अफगानिस्तानमा शान्ति स्थापनाका लागि विगतमा पाकिस्तानले पनि धेरै काम गरेको भन्दै उनले तर अहिले आएर यहाँको शान्ति प्रक्रिया धरापमा परेकोमा पाकिस्तानलाई चिन्ता लागेको बताए। 
 

प्रकाशित मिति: १५:०३ बजे, मंगलबार, साउन २६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्