Kathmandu Press

दार्चुला घटनाबारे जानकारी दिन सभामुखको रुलिङ

सभामुख अग्निप्रसाद सापकोटाले दार्चुलामा भारतीय सुरक्षाकर्मीले तुइन काटिदिँदा नेपाली नागरिक महाकाली नदीमा बेपत्ता भएको घटनाबारे यथार्थ जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन्।
दार्चुला घटनाबारे जानकारी दिन सभामुखको रुलिङ

काठमाडौं, साउन २६ : सभामुख अग्निप्रसाद सापकोटाले दार्चुलामा भारतीय सुरक्षाकर्मीले तुइन काटिदिँदा नेपाली नागरिक महाकाली नदीमा बेपत्ता भएको घटनाबारे यथार्थ जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् ।

दार्चुला व्यास गाउँपालिकाका जयसिंह धामी १५ साउनमा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएको घटनाको सत्यतथ्य पत्ता लगाई जानकारी दिन सापकोटाले मंगलबारको प्रतिनिधिसभा बैठकमा रुलिङ गरेका हुन् ।

उक्त घटना छानविन गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा सरकारले छानविन समिति गठन गरेको छ । समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन सरकारले समय दिएको छ ।

प्रकाशित मिति: १४:१७ बजे, मंगलबार, साउन २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्