आन्तरिक राजस्व विभागको स्टिकरसहित कैलालीबाट पाँच जना पक्राउ
कैलाली, साउन २६ : कैलालीमा आन्तरिक राजस्व विभागको स्टिकरसहित पाँच जनालाई प्रहरीले पत्रलाउ गरेको छ । सोमबार गौरीगंगा नगरपालिका–७ तालबन्दस्थित सडकखण्डबाट राजश्व विभागको स्टीकरसहित तीनजना...
कैलाली, साउन २६ : कैलालीमा आन्तरिक राजस्व विभागको स्टिकरसहित पाँच जनालाई प्रहरीले पत्रलाउ गरेको छ ।
सोमबार गौरीगंगा नगरपालिका–७ तालबन्दस्थित सडकखण्डबाट राजश्व विभागको स्टीकरसहित तीनजना भारतीय र दुईजना नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पक्राउ पर्नेमा भारतको लखिमपुर खिरीका १९ वर्षीय संजित कुुमार र सोही ठाउँका २० वर्षीय रिङ्कुु कुमार र २२ वर्षीय सुरेश कुुमार छन् । यसैगरी रौतहटको गरुडा नगरपालिका–१ का ४० वर्षीय राजकुुमार शाह र पर्साको वीरगञ्ज महानगरपालिका–१३ का ५५ वर्षीय विजय गुुप्ता पनि पक्राउ परेका छन्।
गौरीगंगा नगरपालिकाबाट सुरुमा प्रहरीले ना ३२ क ६२८१ नम्बरको मोटरसाइकलमा दुुई लाख ८८ हजार ६ सय ७४ वटा आन्तरिक राजश्व विभागको स्टीकर फेला पारेर संजित र रिङ्कुुलाई पक्राउ गरेको थियो । अनुुसन्धानका क्रममा गौरीगंगा नगरपालिका–७ को मसुुरियामा रहेको वेष्टर्न लिकर्स प्रालीबाट ल्याएर कोठामा छाप लगाउन लगेको भन्ने सूचनापछि खानतलासी गर्दै त्यहाँ बस्ने थप तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उक्त कोठाबाट प्रहरीले ७० युुपी ३०० एमएल लेखिएको ३ थान छाप, ३ थान स्ट्याम्प प्याड र मसी समेत बरामद गरेको छ । अहिले आन्तरिक राजश्व कार्यालय कैलालीसँगको समन्वयमा स्टिकर भण्डारण गरिएको कोठा सिल गरेर अनुुसन्धानको काम भइरहेको जिल्ला प्रहरी कार्यालयको भनाइ छ।
पक्राउ परेका पाँच जनासहित बरामद भएका सबै सामान आन्तरिक राजश्व कार्यालय धनगढीको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।



-1789461333.png)




-1789461333.png)


