Kathmandu Press

महोत्तरीमा पुल भत्किँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध, यात्रु बाटोमै अलपत्र

बर्दिबास, असार २८ : पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी बर्दिवास नगरपालिकास्थित भप्सी पुल बाढीले बगाएको छ। पुलको बीच भाग नै भत्किएपछि आवागमन अव....

महोत्तरीमा पुल भत्किँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध, यात्रु बाटोमै अलपत्र

बर्दिबास, असार २८ : पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी बर्दिवास नगरपालिकास्थित भप्सी पुल बाढीले बगाएको छ। पुलको बीच भाग नै भत्किएपछि आवागमन अवरुद्ध भएको छ।

अविरल वर्षापछि आएको बाढीले पुल बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए।  पुल भत्किएपछि बर्दिवास नगरपालिका–५ सशस्त्र प्रहरीको माईस्थान चेकपोष्टतर्फ र रातुखोलातर्फ सयौँ गाडी रोकिएका छन्। रातिदेखि नै यात्रु सडकमा अलपत्र छन्। कतिपय यात्रु भने जोखिम मोलेर खोलाको बाढी तरेर वारपार गरेका छन्।

शनिबार बिहान विपत् व्यवस्थापन समितिको बैठक बसेको छ। बैठकले जिल्लामा उद्धार तथा राहतका लागि सक्रियतापूर्वक जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ। बर्दिवासको १४ नम्बर बजारका केही घरमा सडकको पानी पसेको छ भने किसाननगरमा तीन वटा घर भत्किएको बर्दिवास नगरपालिका–७ का अध्यक्ष फागुनी मगरले बताए। 

बर्दिवास नगरपालिका–१ मा रहेको पानी खोल्सीले राजमार्ग पनि भत्काएको छ। त्यहाँका पाँच घरमा गिट्टी माटो पसेको स्थानीयले जानकारी दिएका छन्। रातिदेखि नै नेपाल टेलिकमका मोबाइलमा सम्पर्क नहुने समस्या पनि आएको छ।

प्रकाशित मिति: ११:०७ बजे, शनिबार, असार २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्