१५०० एम्पुल लागुऔषधसहित नागढुंगाबाट तीन जना पक्राउ
काठमाडौं, साउन २६ : नागढुंगाबाट १५ सय एम्पुल औषधिजन्य लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । महानगरी प्रहरी प्रभाग नागढुंगाले चेक प्वाईन्ट राखी काठमाडौं भित्रने...
काठमाडौं, साउन २६ : नागढुंगाबाट १५ सय एम्पुल औषधिजन्य लागुऔषधसहित तीन जना पक्राउ परेका छन् ।
महानगरी प्रहरी प्रभाग नागढुंगाले चेक प्वाईन्ट राखी काठमाडौं भित्रने सवारी साधनलाई चेकजाँच गर्नेक्रममा वीररगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ४१३२ नम्बरको यात्रु बाहक बसबाट उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पर्सा पकाहा मैनपुर गाउँपालिका–३ का १९ वर्षीय नितेश पटेल रहेका छन्। पटेललाई सोधपुछका क्रममा बारा कलैया उपमहानगरपालिका–२ घर भइ हाल कीर्तिपुर बस्ने १९ वर्षीय रविन्द्र प्रसाद कुर्मी र पर्सा सखुवापर्सौनी गाउँपालिका ३ घर भइ कीर्तिपुर बस्दै आएका २० वर्षीय फैयाज अन्सारीलाई पनि प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले उनीहरुको साथबाट डाइजीपाम ५ सय एम्पुल, नूफिन ५ सय थान र फेनेर्गन ५ सय एम्पुल गरी जम्मा १५ सय एम्पुल लागुऔषध बरामद गरेको छ।
पक्राउ परेका उनीहरुमाथि लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम थप अनुसन्धान भइरहेको महानगरीय प्रभाग नागढुंगाले जनाएको छ।











-1789461333.png)