Kathmandu Press

एक वर्षमा १३८ फरार अभियुक्त पक्राउ

एक वर्षमा १३८ फरार अभियुक्त पक्राउ

लहान, साउन २६ : विभिन्न अपराधमा संलग्न रही फरार रहेका १३८ फरार अभियुक्तलाई सिरहा प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ। अदालतको फैसला कार्यान्वयन गराउन आव २०७७/७८ मा ती सबैलाई पक्राउ गरी अदालतमा पेश गरेको सिरहा प्रहरीले जनाएको छ। विभिन्न घटनामा संलग्न रही अदालतबाट तोकिएको कैद सजाय, जरिवाना नतिरी फरार अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। 

अदालतबाट फैसला भइ फरार रहेकालाई फैसला कार्यान्वयन गराउने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभास बुढाथोकीले जानकारी दिए। पक्राउ परेकामा कर्तव्य ज्यान, हाडनाता करणी, लागुऔषध, सवारी ज्यान, चेक अनादर, अंशवन्डा, सम्बन्ध विच्छेद, कुटपिट र लुटपाट मुद्दामा संलग्न रहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए। आव २०७७÷७८ मा सानो र ठूलो गरी १३ थान हतियार बरामद भएको जनाएको छ। 

प्रकाशित मिति: १२:५३ बजे, मंगलबार, साउन २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्