Kathmandu Press

खोटाङमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु

खोटाङ, असार २७ : खोटाङमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। 

खोटेहाङ गाउँपालिका–२ वाप्लुखाका विष्णु राईको घ....

खोटाङमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु

खोटाङ, असार २७ : खोटाङमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। 

खोटेहाङ गाउँपालिका–२ वाप्लुखाका विष्णु राईको घर पहिरोले पुरिँदा उनकी श्रीमती रेखा, छोराहरु रोमन र रोहन राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी वामदेव गौतमले जानकारी दिए।

शुक्रबार बिहान घरमाथि रहेको सडकबाट खसेको पहिरोले घर पुरिँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा परी घरमुली विष्णु राई घाइते भएका छन्। उनलाई स्थानीयले उद्धार गरी उपचारका लागि अस्पताल भर्ना गरेको प्रहरीले जनाएको छ। 

पहिरोमा पुरिएका तीनै जनाको शव प्रहरी र स्थानीयवासीको सहयोगमा बाहिर निकालिएको थियो। 

प्रकाशित मिति: २०:१८ बजे, शुक्रबार, असार २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्