बेनीमा आगलागी, दुई पसल जलेर नष्ट
म्याग्दी, साउन २६ : म्याग्दीको सदरमुकाम बेनी बजारमा आगलागी हुँदा दुई पसल जलेर पूर्णरूपमा नष्ट भएका छन्।बेनी नगरपालिका-८ स्थित न्यूरोडमा अवस्थित रघुगङ्गा डेरी...
म्याग्दी, साउन २६ : म्याग्दीको सदरमुकाम बेनी बजारमा आगलागी हुँदा दुई पसल जलेर पूर्णरूपमा नष्ट भएका छन्।
बेनी नगरपालिका-८ स्थित न्यूरोडमा अवस्थित रघुगङ्गा डेरी र नयन स्टोर्समा आज बिहान आगलागी भएको हो। आगलागीबाट मानवीय हुनबाट भने जोगिएको छ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीका सहयोगमा आगो नियन्त्रणमा लिइएको छ। आगलागीबाट लाखौँ मूल्यको सामान जलेर नष्ट भएको नयन स्टोर्सका प्रोपाइटर जगननाथ शर्माले जानकारी दिए।
आगलागी हुँदा ग्यास सिलिण्डर पड्किएर ठूलो आवाज आएको थियो। डेरी पसलभित्र बिजुलीको तार सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ।
प्रकाशित मिति: ०८:१२ बजे, मंगलबार, साउन २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1789461333.png)