Kathmandu Press

फास्टफुड चेन रेस्टुराँ सुरु गर्ने कक्षपतिको निधन

काठमाडौं, साउन २६ : फास्टफुड चेन रेस्टुराँको सुरुआत गर्ने नाङ्लो रेस्टुरेन्टका संस्थापक तथा उद्यमी श्याम सुन्दरलाल कक्षपतिको निधन भएको छ।केही वर्षयता व्यवसायी कक्षपति...
फास्टफुड चेन रेस्टुराँ सुरु गर्ने कक्षपतिको निधन

काठमाडौं, साउन २६ : फास्टफुड चेन रेस्टुराँको सुरुआत गर्ने नाङ्लो रेस्टुरेन्टका संस्थापक तथा उद्यमी श्याम सुन्दरलाल कक्षपतिको निधन भएको छ।

केही वर्षयता व्यवसायी कक्षपति अस्वस्थ थिए। उनको थाइल्यान्डमा उपचार चलिरहेको थियो।

उनको उपचारका क्रममा थाइल्यान्डमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

उनी मुखसम्बन्धी क्यान्सरबाट पीडित थिए। दुई महिनादेखि उनको थाइल्यान्डमा उपचार भइरहेको थियो।

व्यवसायी कक्षपतिले सञ्चालनमा ल्याएको नाङ्लो रेस्टुरेन्टले सुस्त मनस्थितिका व्यक्तिलाई पनि रोजगारी दिँदै आएको छ।

उनी पर्यटन व्यवसायमा पनि संलग्न थिए। कुरिनटारमा रिभरसाइड स्प्रिङ रिसोर्ट सञ्चालनमा छ। उनका पत्नी, एक छोरा र एक छोरी छन्।

प्रकाशित मिति: ०७:४६ बजे, मंगलबार, साउन २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्