Kathmandu Press

मोटरसाइलकको ठक्करबाट इन्स्पेक्टरको मृत्यु

बुटवल, साउन २६ : मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षकको मृत्यु भएको छ।सोमबार बेलुकी नवलपरासीको बर्दघाटमा मोटरसाइकलले ठक्कर दिएपछि प्रहरी निरीक्षक कपिल वाग्ले गम्भीर घाइते...
मोटरसाइलकको ठक्करबाट इन्स्पेक्टरको मृत्यु

बुटवल, साउन २६ : मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षकको मृत्यु भएको छ।

सोमबार बेलुकी नवलपरासीको बर्दघाटमा मोटरसाइकलले ठक्कर दिएपछि प्रहरी निरीक्षक कपिल वाग्ले गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पैदल हिडिरहेका इन्स्पेक्टर वाग्लेलाई सोमबार बेलुकी ८ बजे लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनलाई तत्कालै भैरहवा मेडिकल कलेज लगिएको थियो।

उनको उपचारका क्रममा गएराति ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। काठमाडौंको बसुन्धाराका बासिन्दा इन्स्पेक्टर वाग्ले इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत थिए।

उनलाई ठक्कर दिने मोटरसाइकल चालक सुनवल नगरपालिका १ का दीपेन्द्र पुन मगर पनि गम्भीर घाइते भएका छन्। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ०७:०५ बजे, मंगलबार, साउन २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्