Kathmandu Press

भारतमा नौ करोड ७५ लाख किसानलाई १९ हजार पाँच सय करोड अनुदान

भारत सरकारले आफ्ना नौ करोड ७५ लाख किसानका लागि १९ हजार पाँच करोड भारतीय रुपैयाँको अनुदान घोषणा गरेको छ ।
भारतमा नौ करोड ७५ लाख किसानलाई १९ हजार पाँच सय करोड अनुदान

नयाँदिल्ली, साउन २५ : भारत सरकारले आफ्ना नौ करोड ७५ लाख किसानका लागि १९ हजार पाँच करोड भारतीय रुपैयाँको अनुदान घोषणा गरेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार उक्त घोषणा गरेका हुन् । ‘प्रधानमन्त्री किसान सम्मान निधि’ परियोजनाअन्तर्गत हालसम्म किसान परिवारलाई १.५७ करोड भारतीय रुपैयाँ वितरण भइसकेको छ ।

उक्त परियोजनाअन्तर्गत हरेक चौमासामा प्रतिकिसान परिवार दुई हजार भारु दिइने गरेको छ । र, वर्षदिनमा प्रतिपरिवार ६ हजार भारु दिइने गर्छ ।

फेब्रुअरी २०१९ मा केन्द्र सरकारले उक्त परियोजना सुरु गरेको थियो । ‘प्रधानमन्त्री किसान योजना’को उक्त रकम सीधै सम्बन्धित परिवारको बैंक खातामा पठाइने गरेको छ ।

प्रकाशित मिति: २०:५७ बजे, सोमबार, साउन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्