Kathmandu Press

९ घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, २४ सै घण्टा सञ्चालन हुने 

काठमाडौं, असार २७  :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झण्डै ९ घण्टापछि सञ्चालनमा आएको छ। 

यती एयरलाइन्सको जहाज विमानस्थलको....

९ घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, २४ सै घण्टा सञ्चालन हुने 
फाइल

काठमाडौं, असार २७  :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झण्डै ९ घण्टापछि सञ्चालनमा आएको छ। 

यती एयरलाइन्सको जहाज विमानस्थलको धावन मार्गमा चिप्लिएर अड्किएपछि शुक्रबार बिहान १० बजेदेखि बन्द रहेको विमानस्थल साँझ ७ बजेदेखि सञ्चालनमा आएको हो।

बाँकेको नेपालगञ्जबाट काठमाडौंका लागि उडेको यती एयरलाइन्सको एटिआर ७२ विमान अवतरणका क्रममा धावन मार्गमा चिप्लिएर अड्किएको थियो। जसका कारण नेपालको सम्पर्क विश्वसामू झण्डै ९ घण्टा टुटेको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले धावनमार्गमा अड्किएको यती एयरलाइन्सको जहाज तानेर पार्किङ वेमा ल्याएसँगै विमानस्थल खुलेको जानकारी दिए। उनका अनुसार विहानदेखि दर्जनौं विमानका सयां यात्रु अलपत्र परेकाले २४ सैं घण्टा विमानस्थल सञ्चालन गरेर सहज बनाउन लागिएको छ।

यतीको एटिआर जहाजमा ६८ यात्रु तथा ४ जना चालक दलका सदस्यहरु सवार थिए। जहाज चिप्लिएपछि तीन जना यात्रु घाइते भएका थिए। 

विमानस्थलको धावन मार्ग ०२ बाट अवतरण गर्ने क्रममा १ हजार २ सय ८० मिटर दूरीमा धावन मार्ग दक्षिण पूर्वतर्फ यति एयरलाइन्सको विमान चिप्लिएको थियो। 
 

प्रकाशित मिति: १९:४५ बजे, शुक्रबार, असार २७, २०७६