प्रदेश नं १ मा ९५४ सङ्क्रमित थपिए
विराटनगर, साउन २५ : प्रदेश नं १ मा सोमबार थप ९५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एक हजार ७४४ जनाको पीसीआर परीक्षण...
विराटनगर, साउन २५ : प्रदेश नं १ मा सोमबार थप ९५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एक हजार ७४४ जनाको पीसीआर परीक्षण गर्दा ५५४ र एक हजार ४८३ जनाको एन्टिजेन परीक्षण गर्दा ४०० मा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापा २५७, मोरङ १३८ मध्ये विराटनगर ६१, सुनसरी ९९, इलाम १९, धनकुटा १८, उदयपुर छ, सङ्खुवासभामा दुई, पाँचथर र तेह्रथुममा एक÷एक र प्रदेश बाहिरका १३ जनामा सङ्क्रमण देखिएको छ। तीन सय ३८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्।
सोही अवधिमा कोरोना सङ्क्रमणका कारण दुई महिलासहित पाँच जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १९:०८ बजे, सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











