Kathmandu Press

एमालेमा ७० वर्षे उमेरहद कायमै- ओली, झलनाथ र वामदेवले आगामी महाधिवेशनपछि लिनुपर्नेछ अनिवार्य अवकाश

एमालेमा ७० वर्षे उमेरहदको प्रावधान कायमै राखेर विधान संशोधन प्रस्ताव अगाडि बढाइएको छ। एमाले सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीबाट सोमबार पारित विधान संशोधन प्रस्तावमा उमेरहदको प्रावधान यथावत राखिएको छ।
एमालेमा ७० वर्षे उमेरहद कायमै- ओली, झलनाथ र वामदेवले आगामी महाधिवेशनपछि लिनुपर्नेछ अनिवार्य अवकाश

काठमाडौं, साउन २५ : एमालेमा ७० वर्षे उमेरहदको प्रावधान कायमै राखेर विधान संशोधन प्रस्ताव अगाडि बढाइएको छ।

एमाले सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीबाट सोमबार पारित विधान संशोधन प्रस्तावमा उमेरहदको प्रावधान कायमै राखिएको छ। ‘त्यो बुँदा यथावत् छ, त्यसमा संशोधनको कुनै प्रस्ताव गरिएको छैन,’ ज्ञवालीले काठमाडौं प्रेससँग भने, ‘तर पनि महाधिवेशन सर्वोपरी निकाय भयो। महाधिवेशनले सोच्न सक्ने भयो। केन्द्रीय कमिटीको प्रस्तावमा उमेरहदको व्यवस्था यथावत नै छ।’

२७ असार-१ साउन ०७१ काठमाडौंमा सम्पन्न एमालेको नवौं महाधिवेशनले सबै कार्यकारी कमिटीमा निर्वाचित हुन ७० वर्षको उमेर हद तोकेको छ। सोही व्यवस्थाअनुसार केही नेताले त्यतिबेलै सक्रिय राजनीतिक जीवनबाट अवकाश लिएका थिए। त्यतिबेला ७० वर्ष कटेका नेताद्वय भरतमोहन अधिकारी र सिद्धिलाल सिंहले नवौँ महाधिवेशनपछि सक्रिय राजनीतिबाट अवकाश लिएका थिए।

एमालेको विधान, २०४९ (नवौँ महाधिवेशन, २०७१ को संशोधनसहित)को धारा ६५ उपधारा ३ मा उल्लेख छ, ‘सबै कार्यकारी कमिटीमा निर्वाचित वा मनोनित हुने उमेरको हद ७० वर्ष हुनेछ।’ विधानको धारा ७१ ले ज्येष्ठ कम्युनिस्ट मञ्चको व्यवस्था गरेको छ। सक्रिय राजनीतिबाट अवकाश पाएका नेताहरू सोही मञ्चको सदस्य हुन्छन्। धारा ७१ मा भनिएको छ, ‘पार्टीका विभिन्न तहका कमिटीहरूले आवश्यकताअनुसार तोकिएबमोजिम ज्येष्ठ कम्युनिस्ट मञ्च निर्माण गर्न सक्नेछन्। र, हरेक वर्ष पार्टी स्थापना दिवस वा विशेष अवसर पारेर ज्येष्ठ कम्युनिस्ट योद्धाहरूको सम्मान गर्नेछन्।’

धारा ६५ उपधारा ३ को व्यवस्था एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा गठन हुने क्रममा निर्माण गरिएको विधानमा हटाइयो। र, एमालेको आठौँ महाधिवेशनले पारित गरेको एउटै कार्यकारी पदमा दुई कार्यकाल रहन नपाउने व्यवस्था पनि नेकपाको विधानमा राखिएन।

धारा ६५ उपधारा ३ को व्यवस्था एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा गठन हुने क्रममा निर्माण गरिएको विधानमा हटाइयो। र, एमालेको आठौँ महाधिवेशनले पारित गरेको एउटै कार्यकारी पदमा दुई कार्यकाल रहन नपाउने व्यवस्था पनि नेकपाको विधानमा राखिएन। त्यसो त, आठौँ महाधिवेशनमै ७० वर्षको उमेर हद पारित गर्न खोजिएको थियो। तर, त्यसबाट नेतृ सहाना प्रधानले अवकाश लिनुपर्ने अवस्था उत्पन्न भएपछि त्यसलाई रोकिएको थियो।
 
खासमा, नवौँ महाधिवेशनबाट विधानमै उल्लेख गरेर ७० वर्षको उमेर हद ल्याउनुको उद्देश्य युवा नेताहरूलाई पार्टीको शीर्ष नेतृत्वमा पु¥याउने थियो।

आठौँ महाधिवेशनमा उमेर हद लागू गर्ने कुरामा नेता वामदेव गौतमले विरोध गरेका थिए। दुई पार्टी एकता भएर गठित नेकपाको विधानमा उमेरहदको व्यवस्था हटाउन नेता गौतमकै मुख्य भूमिका रहेको एमाले नेताहरू बताउँछन्। किनकि, त्यतिबेला गौतम ७० वर्ष लागिसकेका थिए। २६ असार २००५ मा जन्मेका गौतम हाल ७३ औँ वर्षमा छन्।

अहिले नेता गौतमसहित प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता झलनाथ खनालले ७० वर्ष पार गरिसकेका छन्। गौतम ७३ वर्ष लागिसकेका छन्। खनाल ७१ वर्ष लागेका छन् भने प्रधानमन्त्री ओली पनि गत ११ फागुनदेखि ६९ वर्ष पूरा भएर ७० लागेका छन्।

एमालेको विधान अक्षरशः पालना हुने हो भने एमालेको दशौँ महाधिवेशनपछि गौतम, खनाल र ओलीले सक्रिय राजनीतिक जीवनबाट अवकाश लिनुपर्नेछ।

यो पनि पढ्नूस्
एमालेको विधानअनुसार ओली, खनाल र गौतमले लिनुपर्नेछ अनिवार्य अवकाश

प्रकाशित मिति: १८:५८ बजे, सोमबार, साउन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्