Kathmandu Press

मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन-विकास निर्माणका कामलाई तीव्रता दिनेगरी काम गर्नुस्

काठमाडौं, असार २७ : प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका काममा तीव्रता दिन मन्त्रीहरुलाई निर्देशन दिएका छन्।

शुक्रबार मन्त्रा....

शुक्रबार मन्त्रालयहरुको कामको समिक्षात्मक बैठकमा प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणको कामलाई प्रभावकारी बनाउन ‘अनुगमनको पनि अनुगमन’ गरेर अघि बढ्न सम्बन्धित सबै निकायलाई कडा निर्देशन दिए।

प्रधानमन्त्री ओलीले विकास निर्माणको काममा तीव्रता दिन मातहतका सबै निकायलाई निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोद कुँवरले जानकारी दिए।

समिक्षात्मक बैठकमा मन्त्रीहरुले आफ्नो एक वर्षे कार्यकाल मुलुकको समृद्धिको आधार निर्माणमा केन्द्रित भएको कार्य प्रगति विवरण प्रधानमन्त्री ओली समक्ष पेश गरेका थिए।

संघीयता कार्यान्वयनका लागि कानुनी, संस्थागत र नीतिगत संरचना तय गर्ने काम एक वर्षको कार्यकालमा भएको विवरण मन्त्रीहरुले प्रधानमन्त्री समक्ष पेश गरेको पनि प्रवक्ता कुँवरले बताए। मुलुकको समृद्धिका लागि आधार निर्माण गरेको प्रधानमन्त्री ओलीको निष्कर्ष थियो ।
 
प्रकाशित मिति: १९:३१ बजे, शुक्रबार, असार २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्