खोप खरिदमा अनियमितता गर्नेमाथि कारवाही गर्न संसदीय समितिको निर्देशन
काठमाडौं, साउन २५ : सरकारलाई कोरोना भाइरसविरुद्धको खोप खरिद कार्यक्रमम अनियमितता गर्नेमाथि कडा कारवाही गर्न संसदीय समितिले निर्देशन दिएको छ। सोमबार संघीय संसद राज्यका...
काठमाडौं, साउन २५ : सरकारलाई कोरोना भाइरसविरुद्धको खोप खरिद कार्यक्रमम अनियमितता गर्नेमाथि कडा कारवाही गर्न संसदीय समितिले निर्देशन दिएको छ।
सोमबार संघीय संसद राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सिंहदरबारमा बसेको बैठकले खोप खरिदमा प्रक्रियामा अनियमितता भएरनभएको अनुसन्धान गर्न र दोषीलाई कडा कारवाही गर्न निर्देशन दिएको हो।
‘खोपमा अनियमितता भएको विभिन्न सञ्चार माध्यामहरूमा आइरहेको अवस्थामा छानबिनगरी दोषी प्रमाणित भए कानुनको दायरामा ल्याउन सरकारलाई निर्देशन गरिन्छ।’ समितिकी सभापति निरुदेवी जैरले भनिन्। उनले कोभिडको तेस्रो लहर आउन नदिन पूर्व तयारीका लागि आवश्यक सामग्रीहरूको उचित प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएको बताइन्।
बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले कोभिड संक्रमण नियन्त्रणका लागि सरकारले भारत र चीन दुवै मुलुकको सीमामा कडाई गरिरहेको बताए।











