थपिए ३६५१ संक्रमित, १७८४ जना संक्रमणमुक्त, २२ को मृत्यु
काठमाडौं, साउन २५ : पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ५१ जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार...
काठमाडौं, साउन २५ : पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ५१ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४ सय ४५ पिसिआर परीक्षण गर्दा २ हजार ६ सय ९ र ६ हजार १ सय ४९ एन्टिजेन परीक्षण गर्दा १ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा १ हजार ७ सय ८४ जना कोरोना संक्रमणबाट निको भएका छन् भने २२ जनाको मृत्यु भएको छ।
थपिएकोसहित कुल संक्रमितको संख्या ७ लाख ८७ हजार ६ जना पुगेको छ। जसमा पिसिआरबाट ७ लाख १७ हजार ४ सय ८६ जना र एन्टिजेनबाट ६९ हजार ५ सय २० जनामा संक्रमण पुष्टि भएको हो।
हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ लाख ७१ हजार ८३ रहेको छ। मृत्यु हुनेको संख्या भने १ हजार १ सय १५ पुगेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमित ३६ हजार २ सय ८८ जना छन्। तीमध्ये देशभर ७ सय ४१ जना आईसीयु र १ सय ८६ जना भेन्टिलेटरमा उपचाररत छन्।
होम आइसोलेसनमा ३२ हजार ९ सय ७ जना हुँदा ३ हजार ३ सय ८१ जना संस्थागत आइसोलेसनमा र ४ सय ४१ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ।











