एमालेको केन्द्रीय कमिटी १५९ बाट २२५ सदस्यीय बनाइयो, स्थायी कमिटी खारेज
एमालेले केन्द्रीय कमिटीलाई दुई सय २५ सदस्यीय बनाउने प्रस्ताव गरेको छ।
काठमाडौं, साउन २५ : एमालेले केन्द्रीय कमिटीलाई दुई सय २५ सदस्यीय बनाउने प्रस्ताव गरेको छ ।
अहिले एमालेको एक सय १५९ सदस्यीय केन्द्रीय कमिटी थियो । केन्द्रीय कमिटीमा एक अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र सातजना सचिव रहने भएका छन् ।
पार्टीका सबै तहका अध्यक्ष मात्र निर्वाचित गर्ने र अन्य पदाधिकारी सम्बन्धित कमिटीबाट चयन गर्ने प्रस्ताव सोमबारको केन्द्रीय कमिटीबाट पारित भएको छ ।
उक्त प्रस्ताव विधान महाधिवेशनमा लैजाने एमाले केन्द्रीय कमिटीको बैठकले सोमबार पारित गरेको हो ।
केन्द्रीय कमिटी, पोलिटब्युरो र सानो सचिवालय राख्ने प्रस्ताब बैठकले पारित गरेको छ । स्थायी कमिटी खारेज गर्ने प्रस्ताव केन्द्रीय कमिटीले पारित गरेको छ ।
यस्तै, पार्टीमा एक महाधिवेशन प्रतिनिधि परिषद् रहने प्रस्ताव पनि बैठकले पारित गरेको छ । पार्टी प्रवक्ता तथा सचिव प्रदीप ज्ञवालीका अनुसार परिषद्का सदस्यको पदावधि पाँच वर्ष रहने छ ।











