कश्मीरमा भाजपा नेताको गोली हानी हत्या
भारतको कश्मीरमा भारतीय जनता पार्टी (भाजपा)का नेता र उनकी पत्नीलाई सोमबार अज्ञात समूहले गोली हानी हत्या गरेको छ।
श्रीनगर, साउन २५ : भारतको कश्मीरमा भारतीय जनता पार्टी (भाजपा)का नेता र उनकी पत्नीलाई सोमबार अज्ञात समूहले गोली हानी हत्या गरेको छ ।
अनन्तनाग जिल्लाका भाजपा नेता गुलाम रसुल दर र उनकी पत्नी जवाहिराको हत्या गरिएको हो । नेता रसुल गाउँका सरपञ्च थिए ।
बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा दुवैजनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
उनीहरू रेडवानी कुलगामस्थित भाडाको घरमा बस्दै आएका थिए । घटनाको जिम्मेवारी कुनै सशस्त्र समूहले लिएको छैन ।
सुरक्षाफौजले आक्रमणकारीको खोजीमा ‘कर्डन्ड अपरेसन’ चलाएको छ ।
प्रकाशित मिति: १६:५२ बजे, सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












