Kathmandu Press

विश्वकै दुर्लभ रोग लागेको बालकको उपचारमा सहयोग गर्न परिवारको अपिल

काठमाडौं, २५ साउन : ९ महिनाका बालक मुहम्मद उस्मान अलीलाई मेरुदण्ड बाँगो हुने विश्वकै दुर्लभ रोग लागेपछि परिवारले सहयोगको अपिल गरेको छ । तनहुँ...
विश्वकै दुर्लभ रोग लागेको बालकको उपचारमा सहयोग गर्न परिवारको अपिल

काठमाडौं, २५ साउन : ९ महिनाका बालक मुहम्मद उस्मान अलीलाई मेरुदण्ड बाँगो हुने विश्वकै दुर्लभ रोग लागेपछि परिवारले सहयोगको अपिल गरेको छ । तनहुँ सुनपा नगरपालिका दुलेगौडा स्थायी घर भएका उस्मान अलीको उपचारमा आर्थिक अभाव हुन थालेपछि परिवारले सहयोगको अपिल गरेको जनाएको छ।  

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अलीको परवारले आर्थिक अवस्था अत्यन्तै नाजुक रहेको र उपचार नेपालमा सम्भव नभएकोले आर्थिक सहयोग गर्न अपिल गरेको हो । हाल उनको काठमाडौंंस्थित कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ । 

पत्रकार सम्मेलनमा बोल्दै उस्मानका बाबु मुबारक अलिले ९ महिने उस्मानलाई ‘स्पाइनल मस्कुलर एट्रोफी’ ‘एसएमए’ नामको दुर्लभ रोग कान्ति बाल अस्पतालमा पत्ता लागेको बताए । 

उपचारको क्रममा विभिन्न संघ संस्था, व्यक्तिहरुबाट उस्मानको उपचारमा प्रयोग हुने जोल्जेन्स्मा नामको औषधिलाई २१ लाख २५ हजार अमेरिकन डलर अर्थात २५ करोड २८ लाख रुपैयाँ आवश्यक पर्ने भएकोले आफ्नो परिवारसँग पर्याप्त रकम नभएको भन्दै मुबारक अलिले सहयोग गर्न सम्पूर्णमा आग्रह गरेका छन् । 

यो दुर्लभ रोग यस अघि पनि २२ महिने सियोना श्रेष्ठलाई भेटिएको थियो । हाल विभिन्न संघसंस्थाको सहयोगमा श्रेष्ठको उपचार दुबईमा भइरहेको छ । 

प्रकाशित मिति: १६:३१ बजे, सोमबार, साउन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्