Kathmandu Press

सबै विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोप व्यवस्था गर्न माग

काठमाडौं, साउन २५ : विद्यार्थी संगठनहरुले देशका सबै परीक्षा केन्द्र तथा तोकिएका स्थानमा सबै विद्यार्थीलाई प्रवेशपत्र देखाएर खोप लाउने व्यवस्था मिलाउन सरकारसँग माग...
सबै विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोप व्यवस्था गर्न माग

काठमाडौं, साउन २५ : विद्यार्थी संगठनहरुले देशका सबै परीक्षा केन्द्र तथा तोकिएका स्थानमा सबै विद्यार्थीलाई प्रवेशपत्र देखाएर खोप लाउने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।

नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु (नेपाल समूह), समाजवादी विद्यार्थी युनियन, अखिल छैटौंका प्रतिनिधिहरुले साेमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई सोमबार ज्ञापनपत्र बुझाउँदै विद्यार्थीलाई खोपो व्यवस्था गर्न माग गरेका हुन्। 

कोरोनाविरुद्धको खोप नपाउँदा परीक्षार्थीलाई मानसिक तनाव थपिएको छ भने परीक्षा हलमा असुरक्षा महसुस भएका कारण परीक्षा पनि प्रभावकारी नभएको जिकिर उनीहरुले गरेका छन्।

संयुक्त विद्यार्थी संगठनका तर्फबाट परीक्षा सञ्चालनका लागि परिचालन गरिने विश्वविद्यालयका जनशक्ति र विद्यार्थीलाई खोप लगाएर तथा स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्न माग गरिए पनि त्यसो नगरिएकाले कोरोना संक्रमणको जोखिम बढेको उनीहरुको भनाइ छ।  

विद्यार्थीहरूबाट ज्ञापनपत्र बुझ्दै राज्यमन्त्री श्रेष्ठले परीक्षा केन्द्रमा खोप केन्द्र राख्न र परीक्षा दिने विद्यार्थीलाई खोपको व्यवस्थाकाे पहल गर्ने विश्वास दिलाए।

प्रकाशित मिति: १६:२४ बजे, सोमबार, साउन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्