Kathmandu Press

हुम्लामा पनि ‘तपाईंको मास्क खोइ ?’ कार्यक्रम 

हुम्लामा पनि ‘तपाईंको मास्क खोइ ?’ कार्यक्रम 

हुम्ला, साउन २५ : हुम्ला जिल्ला प्रहरी कार्यालय हुम्लाले कोरोनाको नयाँ भेरियन्टको सङ्क्रमण दर बढेपछि सदरमुकाम सिमकोटमा कोरोना महामारीविरुद्ध जोगिन ‘तपाईको मास्क खोइ ?’ अभियान सुरु गरेको छ । 

शनिबारदेखि अभियान शुरुभएसँगै बजार क्षेत्रमा मास्क नलगाएर आवतजावत गरिरहेका सर्वसाधरणलाई मास्कसमेत वितरण गरिएको छ।  जिल्ला प्रहरी कार्यालय हुम्ला, जिल्ला प्रशासन कार्यालय तथा विभिन्न सङ्घसंस्थाले  ‘तपाईको मास्क खोइ ?’ अभियान सुरु गरेका हुन्। 

Hardik ivf

केही दिनअघिबाट सुरु भएको अभियान निरन्तर रहने भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए। 

सदरमुकाम सिमकोटसहित जिल्लाभर निषेधाज्ञा खुकुलो भएसँगै नागरिकको आवतजावत बढेको र नागरिकले जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्नेतर्फ ध्यान नदिएकाले उनीहरूलाई सचेत बनाउन मास्क वितरणसँगै  ‘तपाईको मास्क खोइ?’ अभियान शुरु गरिएको प्रहरी निरीक्षक भण्डारीले बताए।   
 

प्रकाशित मिति: १५:५१ बजे, सोमबार, साउन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्