Kathmandu Press

जसपा खारेजीको मागमा अन्तरिम आदेश अस्वीकार

सर्वोच्च अदालतले जसपा खारेज गर्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
जसपा खारेजीको मागमा अन्तरिम आदेश अस्वीकार

काठमाडौं, साउन २५ : सर्वोच्च अदालतले जसपा खारेज गर्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

तत्कालीन राजपासँग एकीकरण हुँदै जसपामा विलय भएको राष्ट्रिय जनमुक्ति पार्टीका राजकुमार थापाले एकीकरण प्रक्रिया नमिलेको दाबी गर्दै पार्टी नै खारेज गर्न माग गरेका थिए ।

उनको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले तत्कालीन संघीय समाजवादी पार्टी र राजपाबीचको एकता खारेजी नपर्ने आदेश दिएको हो ।

प्रकाशित मिति: १५:४४ बजे, सोमबार, साउन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्