Kathmandu Press

निर्वाचन आयोगद्वारा जसपा केन्द्रीय कार्यकारिणी ३५ सदस्यीय कायम, ठाकुर पक्ष साधारण सदस्य मात्र

निर्वाचन आयोगले जसपाको केन्द्रीय कार्यकारिणी समिति अद्यावधिक गरेको छ । ५१ सदस्यीय कमिटी अब ३५ सदस्यीय कायम भएको छ।
निर्वाचन आयोगद्वारा जसपा केन्द्रीय कार्यकारिणी ३५ सदस्यीय कायम, ठाकुर पक्ष साधारण सदस्य मात्र

काठमाडौं, साउन २५ : निर्वाचन आयोगले जसपाको केन्द्रीय कार्यकारिणी समिति अद्यावधिक गरेको छ । ५१ सदस्यीय कमिटी अब ३५ सदस्यीय कायम भएको छ ।

त्यससँगै महन्थ ठाकुर पक्षमा लागेका १६ जना साधारण सदस्य मात्र कायम भएका छन् । अध्यक्ष उपेन्द्र यादवले ३५ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति रहने गरी नाम अद्यावधिक गर्न आयोगमा पठाएका थिए । सोही पत्रलाई आधार मानेर आयोगले नाम अद्यावधिक गरेको हो ।

११ साउनमा उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको थियो । राजनीतिक दलसम्बन्धी ऐनको दफा ११ अनुसार जसपा केन्द्रीय कार्यकारिणी समिति अद्यावधिक गरिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार जसपाको केन्द्रीय कार्यकारिणी समिति मात्र हेरफेर भएको हो । त्यसको अर्थ महन्थ ठाकुर पक्ष पार्टीबाटै बाहिरिएको होइन । उक्त पक्षका ठाकुरसहित १६ जना केन्द्रीय कार्यकारिणी समिति सदस्य साधारण सदस्य कायमै छन् ।

प्रकाशित मिति: १५:३६ बजे, सोमबार, साउन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्