Kathmandu Press

जापान सरकारद्वारा तीन लाखलाई ठाउँ छोड्न आग्रह

टोकियाे, साउन २५ : जापानका विभिन्न ठाउँमा आँधीको खतरा रहेकाले ती ठाउँका बासिन्दालाई अन्यत्र जान सरकारले आग्रह गरेको छ। देशको हिरोशिमा, शिमान र एहिमलगायतका क्षेत्रका तीन...
जापान सरकारद्वारा तीन लाखलाई ठाउँ छोड्न आग्रह

टोकियाे, साउन २५ : जापानका विभिन्न ठाउँमा आँधीको खतरा रहेकाले ती ठाउँका बासिन्दालाई अन्यत्र जान सरकारले आग्रह गरेको छ। 

देशको हिरोशिमा, शिमान र एहिमलगायतका क्षेत्रका तीन लाख २०० भन्दाबढी मानिसलाई ठाउँ छोड्न सरकारले सोमबार आग्रह गरेको हो। 

आँधीको खतराका कारण जापानी एयरलाइन्सका त्यस क्षेत्रका ६३ ओटा उडान रद्द भएका छन् भने अरु उडान अनिश्चित रहेका छन्। 

अहिले आउन लागेको निकै शक्तिशाली भएकाले धेरै क्षति हुनसक्ने अनुमानसमेत गरिएको अधिकारीहरुले जनाएका छन्।
 

प्रकाशित मिति: १५:२० बजे, सोमबार, साउन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्