लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै एमाले सांसदद्वारा रिट दायर
एमाले सांसद लीला गिरीले सोमबार लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
काठमाडौं, साउन २५ : एमाले सांसद लीला गिरीले सोमबार लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न २७ साउनमा विशेष अधिवेशन बोलाइएको छ ।
एक कानून व्यवसायीले विशेष अधिवेशन रोक्न माग गर्दै दायर गरेको रिटमा हकदैया नपुगेको उल्लेख गर्दै सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको थियो ।
जसपाका तीन सांसद पदमुक्त भएकाले लुम्बिनी प्रदेशसभामा अहिले ७७ सदस्य मात्र छन् । मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा ३४ सांसदको हस्ताक्षर छ ।
तथापि, विपक्षी गठबन्धनमा माओवादी केन्द्रका १७, कांग्रेसका १९, जसपाका तीन र राष्ट्रिय जनमोर्चाका एक गरी ४० सदस्य छन् । एमालेका ३९ सांसद मुख्यमन्त्री पोखरेलका पक्षमा छन् । वैकल्पिक सरकार बनाउन ३९ सांसद भए पुग्छ ।











