प्रधानसेनापति थापाद्वारा बलाधिकृतरथी शर्मालाई कमान्ड हस्तान्तरण
काठमाडौं, साउन २५ : प्रधानसेनापति पूर्णचन्द्र थापाले बलाधिकृत रथी प्रभुराम शर्मालाई संगठनको कमान्ड हस्तान्तरण गरेका छन्।सैनिक मुख्यालय जंगी अड्डामा सोमबार आयोजित कार्यक्रमा प्रधानसेनापति थापाले...
काठमाडौं, साउन २५ : प्रधानसेनापति पूर्णचन्द्र थापाले बलाधिकृत रथी प्रभुराम शर्मालाई संगठनको कमान्ड हस्तान्तरण गरेका छन्।
सैनिक मुख्यालय जंगी अड्डामा सोमबार आयोजित कार्यक्रमा प्रधानसेनापति थापाले बलाधिकृत रथी शर्मालाई नेपाली सेनाको कमान्ड बुझबुझारथ गरेका हुन्।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई मंगलबारदेखि लागू हुने गरी कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी तोकिकेकी छन्।
सेनाको परम्पराअनुरुप प्रधानसेनापति थापा आफ्नो तीनवर्षे कार्यकाल सकिनु एक महिनाअघि अर्थात् मंगलबारदेखि घरबिदामा रहने भएकाले सेनाको कमाण्ड शर्मालाई हस्तान्तरण गरिएको हो।
कायममुकायम जिम्मेवारी तोकिएका शर्माले आगामी भदौ २५ गतेदेखि नेपाली सेनाको ४४औं प्रधानसेनापतिका रुपमा सैनिक नेतृत्व सम्हाल्नेछन्।
प्रकाशित मिति: १४:२३ बजे, सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











